• images
    images

    घर जलाउने मात्र होइन, केपी ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • Bishnu GC Bishnu GC
    • २०८३ भाद्र २५, बिहीबार १३:४७ गते
    images
    images
    images
    images

    नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले भदौ २४ गते बालकोटस्थित आफ्नो निवासमा भएको आगजनी घर र सम्पत्ति जलाउने योजनामा मात्र सीमित नरहेको बताएकी छन् ।

    बालकोटस्थित आगजनीबाट क्षतिग्रस्त निवासमा आफ्नो अनुभूति पुस्तक ‘सपनाको भग्नावशेष’ विमोचन गर्दै शाक्यले आफूहरूलाई नै जलाउने उद्देश्यसहित घटना गराइएको बताइन् ।

    ‘खरानी ग्याङको आशय आगो लगाउने मात्र थिएन, केपी ओलीलाई जलाउने नै योजना थियो। यदि २०८२ साल भदौ २४ गते हामीलाई जलाएको भए आज कालो दिनसँगै एक वर्षको पुण्यतिथि हुन्थ्यो हाम्रो,’ शाक्यले भनिन् ।

    उनले जनताको मायाका कारण आफूहरू जीवित रहेको बताउँदै अझै पनि ओलीमाथि विभिन्न आरोप र लाञ्छना लगाउने काम भइरहेको गुनासो गरिन् ।

    ‘एकमुठी सास रहेसम्म यो देशको सेवा गर्ने पवित्र भावनाका साथ बाँचिरहेका हामीलाई अनेकौँ आरोप–लाञ्छना लगाइरहेका छन्,’ शाक्यले भनिन् ।

    शाक्यले आफूहरू कर्तव्यपथबाट कहिल्यै पछि नहट्ने दाबी गर्दै ‘खरानी ग्याङ’ आफैँ पतन हुने टिप्पणीसमेत गरिन् । आफूहरूमाथि जति दुःख दिए पनि सामना गर्न तयार रहेको उनको भनाइ थियो ।

    उनले आफ्नो पुस्तकमा भदौ २३ गतेदेखि भदौ २४ गतेसम्मका घटनाक्रम र त्यसबिच आफूहरूले भोगेको अवस्थालाई समेटिएको जानकारी दिइन् ।

    बालकोटस्थित जलेको घरमै पुस्तक विमोचन गर्दै शाक्यले उक्त घटनालाई स्मरण गरेकी हुन् ।

    प्रतिक्रिया दिनुहोस्