images
  • रसुवा बाढी अपडेट : ३८९ जनाको शव फेला, ४६६ जना घाइते

    • Bishnu GC Bishnu GC
    • २०८३ भाद्र ११, बिहीबार २२:५२ गते
    images
    images
    images

    रसुवाको भोटेकोशीमा आएको बाढीका कारण ठुलो जनधनको क्षति भएको छ।

    नेपाल प्रहरीले बिहीबार राति ९ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी र पहिरोका कारण हालसम्म ३८९ जनाको शव फेला परेको जनाएको छ। प्रहरीको तथ्याङ्क अनुसार चितवनमा सबैभन्दा बढी १३७ जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा ८७, धादिङमा ३३, गोरखामा ३२, नुवाकोटमा २८, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १७ जनाको शव भेटिएको छ। बाढीका कारण हालसम्म ४६६ जना घाइते भएका छन् । उनीहरूको उद्धार समेत गरिएको छ। उद्धार हुनेहरूमा रसुवाका २८९, नुवाकोटका ९०, काठमाडौँका ८४ र धादिङका ३ जना रहेका छन्।

    आपत्कालीन उद्धार तथा राहत कार्यका लागि प्रभावित क्षेत्रमा ८,३४८ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। बाढीका कारण १८ जना प्रहरी कर्मचारीहरू अझै सम्पर्कविहीन रहेका छन्। नेपाल प्रहरीले उद्धार कार्यलाई तीव्रता दिँदै बेपत्ताहरूको खोजी जारी राखेको छ।

    प्रतिक्रिया दिनुहोस्