• images
    images

    अझै मरेन आशिकाको रिस

    • chautaripatrika chautaripatrika
    • २०८३ भाद्र ७, आईतवार ११:२४ गते
    images
    images
    images
    images

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त गरेकी छिन् । बन्चरे डाँडाको फोहोर ब्यवस्थापन समस्याका ’boutमा गत शुक्रबार सिंहदरवारमा भएको छलफल तनावग्रस्त बनेको दुई दिनपछि सांसद तामाङले आक्रोश ब्यक्त गरेकी हुन् ।

    मुख्य गरी ललितपुरका मेयर महर्जनले ‘हु द हेल’ भने पछि उनी सामाजिक सञ्जालवाट थप आक्रोशित देखिएकी हुन् । ‘मेयर चिरीबाबाबुले ‘हु द हेल’ रे, फिनिस कम्पनी र नेपाल सरकार बीचको सम्झौताको कारण आफ्नै पालिकाभित्रै  फोहोर व्यवस्थापन गर्न हामी (मेयरहरु)ले नसकेका हौं रे, कस्तो अबुझ सांसद यति कुरा पनि नबुझ्ने रे मलाई ?’ उनले लेखेकी छिन, ‘अनि किन फिनिस कम्पनीसँगको सम्झौता फिनिस गर्न तपाईंहरूलाई कुन सरकारले रोकेको थियो त त्यो बेला मेयरहरुलाई ? पहिला त केन्द्रमा, प्रदेशमा, स्थानीयमा तपाईहरुकै सरकार थियो होइन ? फिनल्यान्ड सरकारले बन्चरे डाँडाको लागि दिएको अनुदान (रकम) ग्वाम ग्वाम खाएर मोटाएको तपाईंकै केन्द्रीय सरकार थियो होइन ? त्यतिबेला चाहिँ किन आवाज राख्नुभएन ? बन्चरे डाँडाका फोहोर पीडितहरु रोइरहँदा अनुदानले पेट भरेर हाँसिरहनु भयो होइन ?’

    सञ्चारमन्त्री बिक्रम तिमल्सिनाको संयोजकत्वमा भएको हिजोको छलफलमा सांसद तामाङ र काठमाडौंका मेयरहरूका बिचमा गलफत्ती भएको थियो । मुख्यतयाः मेयर महर्जनले आक्रोशित सांसद तामाङको ब्यावहार प्रति असहमति प्रकट गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्