मुम्बई । सुपरस्टार रजनीकान्त अभिनीत फिल्म ‘जेलर २’ रिलिज भएको १७ दिन पूरा भएको छ । बक्स अफिसमा फिल्मको रफ्तार कायमै छ । रिलिजको १७औँ दिनमा आइपुग्दा फिल्मले बक्स अफिसमा आफ्नो बलियो पकड कायम राखेको छ । शुक्रबार ५.५० करोड कमाएको फिल्मले १७औँ दिन अर्थात् शनिबार ९.३५ करोड रुपैयाँको व्यापार गरेको छ । योसँगै फिल्मको कुल घरेलु कमाइ ४४४.७५ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, फिल्मको विश्वव्यापी (वल्र्डवाइड) कलेक्सन ७९०.८५ करोड रुपैयाँ पुगिसकेको छ। फिल्म छिट्टै ८०० करोडको क्लबमा प्रवेश गर्दै नयाँ इतिहास रच्ने तयारीमा छ ।
नेल्सन दिलीपकुमारद्वारा निर्देशित र सन पिक्चर्सद्वारा निर्मित ‘जेलर २’ सन् २०२३ को सुपरहिट फिल्म ‘जेलर’ को सिक्वेल हो। एक्सन ड्रामामा रजनीकान्तले टाइगर मुथुवेल पाण्डियनको भूमिकालाई दोहोर्याएका छन्।
फिल्ममा रम्या कृष्णन, योगी बाबु, विद्या बालान र मिथुन चक्रवर्तीको अभिनय रहेको छ भने केही अन्य स्टारहरूको विशेष उपस्थिति छ। अनिरुद्ध रविचन्दरले सङ्गीत भरेको यो फिल्म सन् २०२६ अक्टोबर १५ मा सिनेमा घरहरूमा प्रदर्शनमा आएको हो ।


chautaripatrika 















प्रतिक्रिया दिनुहोस्