बारामा हत्या गरिएकी ३ वर्षीया बालिका गरिमा चौधरीका आमा-बुवा सरकारसँग छलफलका लागि काठमाडौँ आइपुगेका छन् । गृहमन्त्री सुधन गुरुङ र कृषिमन्त्री गीता चौधरीसहितको टोलीसँग गृह मन्त्रालयमा वार्ताका लागि पीडित दम्पतीलाई लगिएको छ ।
शनिबार अपराह्न सिमरा विमानस्थलबाट बालिकाका बुवा मनोज चौधरी र आमा मानमती चौधरी स्थानीय अभियन्ताहरूसहित काठमाडौँ अवतरण गरेका हुन । काठमाडौँ आउनुअघि मृतकका बुवा मनोजले आफ्नी अबोध छोरीको न्यायका लागि काठमाडौँ जाँदै गर्दा पनि स्थानीयस्तरमा सुरु भएको आन्दोलन र खबरदारी जारी राख्न सिमराबासीसँग अपिल गरेका थिए ।
प्रारम्भिक अनुसन्धान र न्याय प्रक्रियालाई लिएर असन्तुष्टि जनाउँदै सिमरा र काठमाडौँमा प्रदर्शन चर्किएपछि सरकारले पीडित परिवारलाई प्रत्यक्ष भेटेर छलफल गर्न काठमाडौँ बोलाएको हो । गृहमन्त्री गुरुङले घटनाको गम्भीरता र छानबिनको प्रगतिबारे परिवारलाई जानकारी गराउँदै सरकारको धारणा स्पष्ट पार्ने तयारी गरेका छन ।



Bishnu GC 

















प्रतिक्रिया दिनुहोस्