images
  • २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार १३९ जनालाई कारबाही

    • Bishnu GC Bishnu GC
    • २०८३ भाद्र ६, शनिबार १०:३५ गते
    images

    ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार १३९ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

    शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५०, सिसिटिभिमार्फत ६७, रातोबत्तीमा ५७ जना चालकलाई कारबाही गरिएको छ ।

    यसैगरी, तीव्रगतिमा १५६, हर्न निषेधमा ४६, लेन क्रसमा ९९, अवस्था ठिक नभएको ३१, एकतर्फीमा २२ र अन्यमा ६११ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्