• images
    images

    मधेश प्रदेशमा मेडिकल कलेज र आईआईटी शिक्षण संस्था स्थापना गरिदिन भारत सरकारलाई मुख्यमन्त्री यादवको आग्रह

    • Bishnu GC Bishnu GC
    • २०८३ भाद्र ४, बिहीबार २३:१७ गते
    images
    images
    images
    images

    मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले भारत सरकारसंग मेडिकल कलेज र आईआईटी शिक्षण संस्था मधेश प्रदेशमा स्थापना गर्न माग गरेका छन् ।

    भारतको ८० औं स्वतन्त्रता दिवसको अवसरमा बिहीबार जनकपुरधाममा आयोजित ‘नेपालको वर्तमान अवस्थामा नेपाल भारत सम्बन्ध’ विषयक एक दिने विचार गोष्ठीमा बोल्दै मुख्यमन्त्री यादवले भारत सरकारसँग भारतको प्रख्यात मेडिकल अस्पताल अल ईण्डिया मेडिकल ईन्सिटिच्यूटको शाखा र एउटा आईआईटी शिक्षण संस्थानको शाखा स्थापना गरिदिन माग गरेका छन् ।

    मुख्यमन्त्री यादवले भारतले मधेश प्रदेशसहित नेपालभर गर्दै आएको विभिन्न योगदानहरुको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका छन् । मुख्यमन्त्री यादवले भारतसंगको सम्बन्ध पौराणिक काल देखि नै रहेकोले त्यसलाई थप प्रगाढ बनाउन दुबै देशले मिलेर काम गर्नु पर्नेमा जोड दिए ।

    मधेश प्रदेश भारतसँग सबै भन्दा नजिक रहेकोले भारतले मधेश प्रदेशका जनताका लागि विशेष सहयोग गर्नुपर्ने मुख्य मन्त्री यादवले धारणा राखे । उनले राजनितिक जटिलताका कारण भारतले दिँदै आएको सहयोगहरु सिधा प्रदेश सरकारसंग नपुगेर केन्द्र सरकारको झनझटिलो प्रक्रियामा अल्झिन पुगेको गुनासो गरे । मुख्यमन्त्री यादवले भारत सरकारले दिन खोजेको आर्थिक सहयोग सोझै प्रदेश सरकारले पाउनु पर्ने वातावरण हुनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा भारतीय महावाणिज्य दुतावास, विरगंजका कन्सुलर जनरल डा. एस मिनाले भारतले नेपालमा विगतको वर्षहरुमा विभिन्न क्षेत्रको विकासका निम्ति दिएको सहयोगहरुबारे विस्तृत जानकारी गराएका थिए ।

    प्रतिक्रिया दिनुहोस्