सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका–४, घुमाउनेस्थित भेरी नदीमा एक पुरुषको शव फेला परेको छ ।
बुधबार साँझ भेरी नदीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि अस्थायी प्रहरी पोस्ट तरंगाबाट प्रहरी सहायक निरीक्षक कृष्णबहादुर बिष्टको कमान्डमा तीनजनाको टोली घटनास्थल पुगेको थियो ।
थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी निरीक्षक भूपेन्द्र शाहीको कमान्डमा सातजनाको प्रहरी टोलीसमेत घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
घटनास्थल अस्थायी प्रहरी पोस्ट तरंगाबाट करिब तीन किलोमिटर पश्चिम तथा इलाका प्रहरी कार्यालय बाबियाचौरबाट करिब ४५ किलोमिटर पूर्व–दक्षिणमा पर्छ ।
प्रहरीका अनुसार शवको पहिचान खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको छ । शव परीक्षणका लागि बुधबार राति प्रदेश अस्पताल कालागाउँ, सुर्खेत पठाइएको छ ।


chautaripatrika 














प्रतिक्रिया दिनुहोस्