प्रधानमन्त्री बालेन्द्र शाहले जनकवि दुर्गालाल श्रेष्ठको निधनमा गहिरो दुःख व्यक्त गरेका छन ।
मंगलबार सामाजिक सञ्जालमा पोष्ट गर्दै प्रधानमन्त्री शाहले भौतिक रुपमा श्रेष्ठ नरहेपनि उनका सिर्जना र विचारहरू सधैं जिवित रहेको बताएका छन । कवि श्रेष्ठका चर्चित केही सिर्जनाका अंश पनि उल्लेख गर्दै प्रधानमन्त्रीले लेखेका छन्, ‘जनकवि दुर्गालाल श्रेष्ठज्यू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । भौतिक रूपमा उहाँ हामीमाझ नरहे पनि उहाँले देखाउनुभएको बाटो, उहाँका सिर्जना र विचारहरू सधैँ हामीमाझ जीवित रहनेछन । उहाँले देखाउनुभएको मार्गमा हामी निरन्तर हिँडिरहनेछौँ। हार्दिक श्रद्धाञ्जली !
गीतकार तथा जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षकको उमेरमा आइतबार राति बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको थियो ।


Bishnu GC 














प्रतिक्रिया दिनुहोस्