images
  • अछामका ११ वर्षीय बालक भारतमा मृत भेटिए, किड्नी निकालिएको आशंका

    • chautaripatrika chautaripatrika
    • २०८२ मंसिर २६, शुक्रबार ०५:२८ गते
    images
    images
    images

    अछामका ११ वर्षीय एक बालक भारतमा मृत अवस्थामा फेला परेका छन् ।

    परिवारसँगै भारतको पुनेस्थित हडाप्सर क्षेत्रमा बस्दै आएका ढकारी गाउँपालिका–२, फाटाबगरका ११ वर्षीय प्रकाश सार्की मृत भारतमा भेटिएका हुन् ।

    गत बुधबार साँझदेखि बेपत्ता रहेका प्रकाशको परिवार तथा स्थानीय नेपालीले रातभर खोजी गरेका थिए। बिहीबार बिहान थप खोजी गर्ने क्रममा कोठाबाट केही टाढा रहेको रेल्वे ट्र्याक नजिक उनको शव भेटिएको हो।

    शवको पेटको बायाँ भाग चिरिएको देखिएपछि दुवै मृगौला निकालिएको हुन सक्ने आशंका गरिएको छ । घटनाबारे भारतीय प्रहरीले अनुसन्धान अघि बढाएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि थप विवरण स्पष्ट हुने प्रहरीले जनाएको छ ।

    प्रकाशका परिवारले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरे का छन्।

    प्रतिक्रिया दिनुहोस्