एजेन्सी । भारतीय महिला क्रिकेटर स्मृति मन्धाना र गायक पलाश मुछालबीच तय भएको विवाह अन्ततः रद्द भएको छ। दुवैले आफ्ना आधिकारिक इन्स्टाग्राम स्टोरीमार्फत यो निर्णय सार्वजनिक गर्दै विषयलाई ‘यहीं अन्त्य गरिदिन’ आग्रह गरेका छन्।
भारतीय मिडिया टाइम्स अफ इन्डियाका अनुसार, दुवै परिवारले नोभेम्बर २३ का लागि विवाह मिति तय गरिसकेका थिए।
संगीत, हल्दी लगायतका सबै कार्यक्रम सम्पन्न भइसकेका थिए।
तर विवाहकै दिन बिहान स्मृतिकी पिता हृदयाघात भएपछि विवाह स्थगित गरियो। यही विरामपछि सोशल मिडियामा विभिन्न अफवाह फैलिन थाले, कसैले पलाशले धोका दिएको दाबी गरे, कसैले उनको नाम वेडिङ कोरियोग्राफरसँग जोडिदिए।
लगातार बढिरहेको अड्कलबाजीबीच सोमबार स्मृतिले लेखिन् ‘विवाह अब रद्द भएको छ। कृपया यो विषयलाई यहीं टुङ्ग्याइदिनुहोला र दुबै परिवारको निजी जीवनको सम्मान गर्नुहोला।’
पलाश मुछालले पनि आफ्नो स्टोरीमा आफू निजी सम्बन्धबाट अलग भएर अघि बढ्ने निर्णय गरेको उल्लेख गर्दै आफ्नो नाममा फैलाइएका झूटो आरोप र बदनाम गर्ने प्रयास विरुद्ध कानुनी कदम चाल्ने चेतावनी दिए।
स्मृति र पलाशबीचको भेट सन् २०१९ मा मुम्बईमा एक परिचितमार्फत भएको थियो। करिब पाँच वर्षको सम्बन्धपछि उनीहरूले सन् २०२४ मा आफ्नो प्रेमलाई सार्वजनिक गरेका थिए।

chautaripatrika 















प्रतिक्रिया दिनुहोस्