• मलेसियामा बिरालोमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा एक नेपालीलाई ४० हजार रिंगिट जरिबाना

    • chautaripatrika chautaripatrika
    • २०८२ मंसिर २४, बुधबार २०:१० गते
    images

    काठमाडौँ- बिरालोमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा एक नेपाली पुरुषलाई मलेसियाको अदालतले मलेसियन रिंगिट ४० हजार (करिब १४ लाख रुपैयाँ) जरिबाना तोकेको छ। साह आलमको सेसन्स अदालतले ३३ वर्षका अर्मान शाहलाई उक्त रकम जरिबाना तोकेको मलेसियाली सञ्चारमाध्यमम मलाया मेलले जनाएको छ।

    ३३ वर्षका अर्मान शाहले बिरालोमाथि यौन दुर्व्यवहार गरेको आरोप स्वीकार गरेका छ्न्। समाचारअनुसार न्यायाधीश नोर हास्नियाह अब रजाकले उनलाई ४० हजार रिंगिट जरिबाना तोकिएको फैसला सुनाएका छन्।

    फैसलाअनुसार जरिबाना तिर्न नसकेमा अर्मान १५ महिना जेल बस्नुपर्नेछ। सुरक्षागार्डका रूपमा कार्यरत अर्मानलाई १५ नोभेम्बरमा कोटा केमुनिङ, सेक्सन ३१ स्थित एक अपार्टमेन्टको चौथो तलामा बिरालोसँग यौन दुर्व्यवहार गरेको आरोपमा मुद्दा दायर गरिएको थियो।
    पार्किङ क्षेत्रमा पुगेकी एक महिलाले कारभित्रबाट अभियुक्तले बिरालोलाई समातेर पाइन्ट झार्दै उक्त कृत्य गरेको देखेकी थिइन्।

    महिलाले आफ्ना पतिसँग हस्तक्षेप गर्न भनेकी थिइन्। ती पुरुष माथि पुग्दा अर्मान नग्न थिए। त्यसपछि अर्मानले आफ्नो पाइन्ट लगाएर बिरालो जमिनमा फ्याँकेर अपार्टमेन्टमा प्रवेश गरेका थिए। कारभित्रकी महिलाले बिरालो फ्याँकेको ४८ सेकेन्डको भिडियो रेकर्ड गर्न सफल भएकी थिइन्।

    अर्मान असभ्य प्रदर्शन र वैध कागजातबिना देश प्रवेश गरेको आरोपमा चार महिना जेल सजाय भोगिसकेका छन्।

    प्रतिक्रिया दिनुहोस्