काठमाडौं– यति बेला मनोरञ्जन क्षेत्रमा चर्चाको विषय बनेको छ अभिनेत्री पूजा शर्माको वैवाहिक समारोह । मंसिर २० गते शनिवार अभिनेत्री शर्माले भक्तपुरको एउटा रिसोर्टमा प्रेमि युद्ध बानियाँसंग गरेको भव्य विवाहको चर्चाले अहिले फिल्मी बजार तातेको छ ।
पूजाको विवाहमा हेलिकप्टरबाट गरिएको पुष्पवृष्टि तथा पूजाको पहिरनको चर्चा सामाजिक सञ्जालमा हटकेक जस्तै भएको छ । त्यस्तै पूजाले आफ्ना निकै नजिकका अभिनेता आकाश श्रेष्ठ तथा पल शाहलाई आफ्नो विवाहमा नबोलाएको कुरा पनि चर्चाको विषय नै बनेको छ ।
यद्यपि, कुरा के रहेछ भने अभिनेता पल शाहलाई भने पूजाले आफ्नो विवाहमा बोलाएकी रहिछिन् । अभिनेता शाह नै व्यस्तताका कारण (उनकै फाउण्डेशनको उदघाटन) पूजाको विवाहमा सहभागि हुन नसकेका रहेछन् । यो हामीले होइन, पल आफैंले पूजालाई सामाजिक सञ्जालमार्फत विवाहका लागि दिएको शुभकामनाबाट प्रष्ट हुन्छ ।
पलले आफू फाउण्डेशनको उद्घाटनका कारण विवाहमा उपस्थित हुन नसकेको भन्दै पूजा र युद्ध दुबैलाई सम्बोधन गर्दै ‘म तिम्रो विशेष दिनमा हुन सकिनँ’ भन्दै सधैँको खुशी यात्राका लागि शुभकामना, फेरी एक पटक वधाई’ भन्दै पोस्ट शेयर गरेका छन् ।
यो स्टाटसले पूजाले पललाई विवाहमा नबोलाएको होइन, पल नै आफ्नो फोउन्डेशनका कारण नगएका रहेछन् भन्ने कुरा प्रष्ट हुन्छ ।

chautaripatrika 















प्रतिक्रिया दिनुहोस्