• images
    images

    हानमा असामान्य शारीरिक अवस्थासहित शिशुको जन्म, परिवारले माग्यो उपचार सहयोग

    • Bishnu GC Bishnu GC
    • २०८३ श्रावण १८, सोमबार १८:५८ गते
    images
    images
    images
    images

    सिरहाको लहान नगरपालिका–१५ शोभापुर निवासी तेज नारायण सदायको परिवारमा असामान्य शारीरिक अवस्थासहित एक शिशुको जन्म भएपछि परिवार चिन्तित बनेको छ ।

    परिवारका अनुसार शिशुको जन्म लहानस्थित प्रादेशिक अस्पतालमा भएको हो। । जन्मदेखि नै शारीरिक अवस्था सामान्य नभएकाले शिशुलाई विशेषज्ञ चिकित्सकीय उपचार आवश्यक रहेको चिकित्सकहरूले सुझाव दिएका छन् ।

    तर आर्थिक अवस्था कमजोर भएकाले आवश्यक उपचार गराउन कठिनाइ भइरहेको परिवारले जनाएको छ । उपचारका लागि लाग्ने खर्च जुटाउन नसक्दा परिवार थप समस्यामा परेको भन्दै सम्बन्धित सरकारी निकाय, सामाजिक संघ–संस्था तथा सहयोगी मन भएका व्यक्तिहरूसँग सहयोगको अपिल गरिएको छ ।

    स्थानीयवासीहरूले पनि घटनाप्रति चासो व्यक्त गर्दै शिशुको उपचारका लागि सरकार र सम्बन्धित निकायले तत्काल आवश्यक पहल गर्नुपर्ने बताएका छन् । शिशुको स्वास्थ्य अवस्था तथा असामान्य शारीरिक अवस्थाको प्रकृतिबारे थप चिकित्सकीय विवरण आउन बाँकी रहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्