• images

    रेस्टुरेन्ट बाहिर घरेलु बम विष्फोट: ५ जनाको मृत्यु

    • chautaripatrika chautaripatrika
    • २०८३ श्रावण १८, सोमबार ०९:०९ गते
    images

    रुसको राजधानी मस्कोस्थित एक रेस्टुरेन्ट नजिकै भएको बम विष्फोटमा परी कम्तीमा ३ जनाको मृत्यु हुनुका साथै अन्य २१ जना घाइते भएका छन्। स्थानीय समयअनुसार शनिबार भएको घटनामा एक महिलाले बोकेको घरेलु बम विष्फोट भएको त्यहाँका अधिकारीहरूले जनाएको रोयटर्सको समाचारमा उल्लेख छ । युक्रेन युद्धसँग यो आक्रमण जोडिएको हुन सक्ने सामाजिक सञ्जालमा विभिन्न तर्कहरू बाहिर आए पनि यसको आधिकारिक पुष्टि भने हुन बाँकी छ।

    प्रहरीका अनुसार शनिबार राति करिब ८ बजे कुड्रिन्स्काया स्क्वायरमा रहेको मस्कोका सात प्रख्यात ‘स्टालिन युगिन’ गगनचुम्बी भवनहरूमध्ये एकभित्र रहेको एक इटालीयन रेस्टुरेन्ट नजिकै उक्त विष्फोट भएको थियो।

    रुसको राष्ट्रिय एन्टी–टेररिज्म कमिटीले दिएको जानकारी अनुसार, एक अज्ञात महिलाले घरेलु विस्फोटक पदार्थ (आईईडी) बोकेर रेस्टुरेन्टभित्र छिर्ने प्रयास गरेकी थिइन् तर उनलाई सुरक्षा गार्डले बाहिरै रोकेका थिए। गार्डले रोकेलगत्तै भएको शक्तिशाली विष्फोटमा ती महिला, सुरक्षा गार्ड र ‘बाल्जी रोस्सी’ इटालीयन रेस्टुरेन्टमा रहेका एक ग्राहकको घटनास्थलमै मृत्यु भएको एनएकेले जनाएको छ।

    आरईएन टिभीले आइतबार अस्पताल लगिएका थप दुईजना घाइतेको पनि उपचारका क्रममा मृत्यु भएको र यससँगै कुल मृतकको संख्या पाँच पुगेको उल्लेख गरेको छ, यद्यपि यसको आधिकारिक पुष्टि भने भएको छैन। सोही मिडियाका अनुसार अझै पनि छ जनाको अवस्था गम्भीर रहेको छ।

    प्रतिक्रिया दिनुहोस्