काठमाडौं – पछिल्लो समय ‘ऋणै ऋणमा डुबे आमा’ बोलको भावुक गीत सामाजिक सञ्जाल, विशेषगरी टिकटकमा व्यापक रूपमा चर्चामा रहेको छ। गीतका शब्द दीपेन्द्र कुमार थापाले लेखेका हुन् भने संगीत अर्जुन पोखरेलको रहेको छ।
गीतलाई गायक थानेश्वर गौतमले आफ्नो सशक्त स्वर दिएका छन्।
नेपाली समाजले भोगिरहेका आर्थिक संकट, ऋणको बोझ र त्यसबाट उत्पन्न हुने पारिवारिक तथा मानसिक पीडालाई यथार्थपरक ढंगले प्रस्तुत गरिएकाले गीतले छोटो समयमै दर्शक–श्रोताको मन जित्न सफल भएको छ।
धेरैले यसलाई “आफ्नै जीवनको कथा बोल्ने गीत” भन्दै सामाजिक सञ्जालमा साझा गरिरहेका छन्।गीतमा ऋणको भारले थिचिएका सर्वसाधारणले साहुको ऋण तिर्न नसक्दा भोग्नुपर्ने विवशता, पीडा र संघर्षलाई मार्मिक रूपमा अभिव्यक्त गरिएको छ। यही कारणले पनि गीतप्रति दर्शक तथा श्रोताको आकर्षण दिनप्रतिदिन बढिरहेको देखिन्छ।
द डिभाइन म्युजिकबाट सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोमा हिउँवाला गौतम, आस्मा पाण्डे र रमेश विश्वकर्माको अभिनय रहेको छ भने निर्देशन माधव शर्माले गरेका छन्।


Mahandra Bahadur Gc 















प्रतिक्रिया दिनुहोस्