काठमाडौ । भारतको गोवास्थित एक नाइट क्लबमा सिलिन्डर विस्फोटपछि भएको आगलागीमा परी नेपालीहरूको पनि मृत्यु भएको पुष्टि भएको छ ।नाइट क्लबमा शनिवार आगलागीमा २५ जनाको मृत्यु भएको थियो । तीमध्ये २० जना काम गर्ने स्टाफ रहेको र ती स्टाफमध्ये चार जना नेपाली नागरिक रहेको गोवा पुलिसले जनाएको छ । यो घटनामा ज्यान गुमाउने नेपाली नागरिक चूर्ण बहादुर पुन, विवेक कटुवाल, सुदीप र सविनको रूपमा पहिचान भएको छ ।
यी चारै जना नेपाली नागरिकको पोस्टमार्टम रिपोर्ट आइसकेको र गोवाको अस्पतालमा शव राखिएको छ । गोवा सरकारको तर्फबाट नयाँ दिल्ली स्थित नेपाली राजदूतावासमा सम्पर्क गरी यी चारवटै शवलाई नेपाल पठाउन समन्वय भइरहेको गोवा पुलिसले जनाएको छ ।ती मृतक नेपालीको नेपालको ठेगाना भने खुलाइएको छैन ।

chautaripatrika 


















प्रतिक्रिया दिनुहोस्