images
  • बेलायतमा एक नेपालीलाई २५ वर्षको जेल सजाय

    • chautaripatrika chautaripatrika
    • २०८२ मंसिर १७, बुधबार ०८:१३ गते
    images
    images
    images

    बेलायतमा बलात्कार र बाल यौन दुर्व्यवहारको आरोपमा एक नेपाली नागरिकलाई २५ वर्षको जेल सजाय सुनाइएको छ। क्याम्ब्रिज क्राउन कोर्टले पिटरबरोमा बस्दै आएका ४९ वर्षीय प्रमोद ढकाललाई बलात्कार तथा बाल यौन दुर्व्यवहारको अभियोगमा दोषी ठहर गर्दै सजाय सुनाएको हो। जेल सजाय भुक्तान गरेपश्चात् ढकाललाई थप ८ वर्षसम्म कडा निगरानीमा राखिनेछ।

    ढकाललाई विगत १७ वर्षको अवधिमा भएका यौन दुर्व्यवहारसम्बन्धी २५ वटा अपराधमा अदालतले दोषी ठहर गरेको छ। उनले १३ वर्ष मुनिका बालिकामाथि पाँच पटक, १३ वर्षमाथिका बालिकामाथि दुई पटक बलात्कार गरेको तथा आठ वर्षकी नाबालिकालाई समेत बलात्कार गरेको ठहर भएको छ। धेरैजसो पीडितहरू ढकालका नजिकका पारिवारिक सदस्यहरू रहेका र उनले एउटै परिवारका एकभन्दा बढी सदस्यमाथि यौन दुर्व्यवहार गरेको पाइएको छ। पीडितहरूमध्ये अधिकांश पिटरबरो क्षेत्रकै हुन् भने एक जनालाई उनले लन्डनमा दुर्व्यवहार गरेका थिए।

    अदालतले ढकालले स्थानीय समुदायमा एक विश्वासिलो सदस्य र पण्डितको रूपमा बनाएको पहुँचलाई दुरुपयोग गर्दै यौन दुर्व्यवहार गरेको ठहर गरेको छ। पिटरबरोमा रेस्टुरेन्ट व्यवसायमा संलग्न ढकाललाई स्थानीय नेपाली समुदायले पण्डितका रूपमा सम्मान गर्ने गरेका थिए। सन् २००६ देखि पिटरबरोमा बस्दै आएका ढकालको पैतृक घर धादिङ हो र हाल उनी काठमाडौँमा बस्छन्।

    प्रतिक्रिया दिनुहोस्