• नर्वे विश्वकपको क्वाटरफाइनलमा, ब्राजिल बाहिरियो

    • Bishnu GC Bishnu GC
    • २०८३ असार २२, सोमबार २१:०८ गते
    images

    फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा नर्वेले ब्राजिललाई २–१ ले पराजित गरेको छ ।

    सम्पन्न खेलमा ब्राजिललाई २–१ ले हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

    नर्वेका एर्लिङ हालान्डले खेलको ७९ औं र ९० औं मिनेटमा गोल गरेका हुन् । ब्राजिलका लागि अन्तिममा नेयमारले गोल फर्काएका थिए ।

    यस जितसँगै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो । नर्वेले क्वाटरफाइनलमा इंग्ल्यान्ड र मेक्सिकोसँगको विजेतासँग खेल्नेछ ।

    पाँच पटकको विजेता ब्राजिलको भने विश्वकप यात्रा टुंगिएको छ ।

    प्रतिक्रिया दिनुहोस्