• एकदिवसीय अभ्यास खेलमा नेपालको जित

    • chautaripatrika chautaripatrika
    • २०८२ भाद्र १४, शनिबार १६:१६ गते
    images

    अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो एकदिवसीय अभ्यास खेलमा जित निकालेको छ । साउथ अस्ट्रेलियाविरूद्ध शनिबार भएको खेलमा नेपालले २ विकेटको जित निकालेको हो ।
    पहिले ब्याटिङ गरेको साउद अस्ट्रेलिया ४५ ओभरमा २४२ रनमा अलआउट भयो । २४३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले शतक प्रहार गरे । उनले नटआउट १०१ रन बनाए । गुल्सन झाले ३६ रन र सोमपाल कामीले नटआउट ४० रन बनाए ।
    बलिङमा नेपालका नन्दन यादव र सोमपाल कामीले ३–३ विकेट लिए । रूपेश सिंह, सन्दीप लामिछाने र शाहब अलामले १–१ विकेट लिए ।
    यसअघि नेपालले बिहीबार खेलिएका दुईवटा टी–२० अभ्यास खेलमा पराजय भोगेको थियो ।
    नेपाललाई साउथ अस्ट्रेलियाले दुई अभ्यास खेलमा पराजित गरेको थियो । यस्तै नेपालले मंगलबार एसिटी अस्ट्रेलियाविरूद्धको दुवै अभ्यास खेलमा जित निकालेको थियो ।

    प्रतिक्रिया दिनुहोस्