भुटान आसपास केन्द्रबिन्दु भएर आइतबार राति ११ : २१ बजे ५ . ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । यो भूकम्पको धक्का झापा , इलाम , पाँचथर , मोरङ , सुनसरीलगायत पूर्वी नेपालका विभिन्न जिल्लाहरूमा जोडदार रूपमा महसुस गरिएको छ । झापाको बिर्तामोडमा समेत केही सेकेन्डसम्म घर तथा भवनहरू हल्लिएको स्थानीयले बताएका छन् । हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको जानकारी आएको छैन ।
मुख्य भूकम्प गएको केही समयको अन्तरालमा पूर्वी नेपालका केही क्षेत्रमा पुनः हल्का कम्पनहरू महसुस गरिएको छ । पराकम्पनको तीव्रता र आधिकारिक विवरण आउन बाँकी भए पनि सर्वसाधारणहरू त्रसित बनेका छन् । भूकम्पपछिको सम्भावित पराकम्पनप्रति सतर्क रहन सम्बन्धित निकायले सबैमा आग्रह गरेका छन् ।

Bishnu GC 
















प्रतिक्रिया दिनुहोस्