• प्रतिनिधिसभा बैठक बस्दै

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ ४, सोमबार ०९:३८ गते
    images

    प्रतिनिधि सभा बैठक आज सोमबार बस्दै छ । बैठक आज बिहान ११ बजे सिंहदबारमा बस्ने भएको हो ।

    आजको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि छ ।

    यस्तै, बैठकमा आ।व। २०८३÷०८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल प्रारम्भ हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्