images
  • विपिन जोशीका आमा र बहिनी खाली हात नै स्वदेश फर्किदै

    • chautaripatrika chautaripatrika
    • २०८२ भाद्र ५, बिहीबार १५:०७ गते
    images
    images
    images

    ह’मासद्वारा ब’न्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीका आमा र बहिनी, पुष्पा, १० दिनको इजरायल बसाइपछि आज स्वदेश फर्कँदै छन्।उक्त यात्राका क्रममा उनीहरूले इजरायलका प्रधानमन्त्री, राष्ट्रपति लगायत उच्च अधिकारीहरूसँग भेट गरी विपिनको शीघ्र रिहाइका लागि विशेष आग्रह गरेका थिए। त्यस्तै, विभिन्न प्रमुख सञ्चारमाध्यमहरूमार्फत पनि विपिनको अवस्थाबारे अन्तर्राष्ट्रिय ध्यान खिच्ने प्रयास गरिएको थियो। इजरायलस्थित नेपाली समुदायले समेत आमा-छोरीको यो मानवीय अभियानमा साथ र समर्थन जनाएका थिए। नेपाल फर्कँदै गर्दा उनीहरूले भावुक हुँदै भने, “अबको आशा यही हो छिट्टै बिपिन सुरक्षित रूपमा घर फर्किऊन्।”

    प्रतिक्रिया दिनुहोस्