• प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिप्रति सांसद राईको आपत्ति

    • Bishnu GC Bishnu GC
    • २०८३ बैशाख ३०, बुधबार २१:२२ गते
    images

    सांसद निस्कल राईले प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिप्रति आपत्ति जनाएका छन् ।आज बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सदनमा प्रधानमन्त्रीको उपस्थिति खोजिएको भए पनि आज पनि प्रधानमन्त्री उपस्थित नभएको बताए ।

    उनले भने, ‘सासदहरुले सदनमा प्रधानमन्त्रीको उपस्थिति खोज्नु भयो । आज पनि अवस्था उस्तै छ । सदनमा प्रधानमन्त्रीको उपस्थिति छैन । आफैले बनाएको नीति तथा काय क्रममा उठेको प्रश्नको जवाफ दिने क्रममा कार्य सूचि आज देखिएको छ । तर सदन प्रधानमन्त्रीलाई देखेनै ।’सांसद राईले संसदको गरिमा र प्रतिष्ठा जोगाउने जिम्मेवारी सभामुखको भएको उल्लेख गर्दै सभामुखले सदनको इज्जत कायम राख्न नसके कसैले पनि संसदको गरिमा बढाउन नसक्ने धारणा राखे ।

    उनले भने, ‘सभाको गरीमा बढाउने र इज्जत जोगाउने सभामुखको हो । सभामुखले सभाको इज्जत राख्न सक्नु भएन भने कसैले पनि सभाको गरीमा बढाउन सक्दैनन् । सभामुख मार्फत तत्काल प्रधानमन्त्रीलाई सदनमा बोलाउन आग्रह गर्दछु । ’उनले सभामुखमार्फत तत्काल प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन आग्रह समेत गरे ।

    प्रतिक्रिया दिनुहोस्