• सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

    • Bishnu GC Bishnu GC
    • २०८३ बैशाख २७, आईतवार १९:४५ गते
    images

    सगरमाथा आधार शिविरमा एक नेपाली गाइडको मृत्यु भएको छ । आइतबार विहान खुम्बु आईसफल बाटो हुँदै पहिलो शिविरतर्फ फिक्स रुटको एंकर नम्बर २ र ३ को विचमा ३५ वर्षीय बिजय घिमिरे(कामी) मृत अवस्थामा भेटिएका हुन् ।पर्यटन विभागको फिल्ड कार्यालयले दिएको जानकारी अनुसार विहान दुई बजे ट्याग नेपाल प्रालिका माउन्टेन गाइड सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–७ का घिमिरे अचेत अवस्थामा फेला परेका हुन् ।

    बीच बाटोमा लडिरहेको अवस्थामा भेटिएका उनको छाती तथा नाडी नचलेको र सुन्य पल्सको अवस्था रहेको पाइएको थियो ।शेर्पा एक्स्ट्रिम प्रालिका माउन्टेन गाईडहरुले उनलाई अचेत अवस्थामा भेटेर रेडियोमार्फत ट्याग नेपाललाई खबर गरेका थिए । खबर पाएलगत्तै ट्याग नेपालका टेण्डी शेर्पा (ठुलो टेण्डी)ले क्याम्पबाट आठ जना शेर्पा गाइड रेस्क्युका लागि घटना स्थल पठाएका थिए ।

    त्यपछि ट्याग नेपालबाट तत्काल हेलिकोप्टर उद्दारका लागि समन्वय गरी लुक्लाबाट अल्टिच्युट एयर प्रालिको हेलिकोप्टरमार्फत घिमिरेको उद्दार गरिएको थियो । घिमिरेको शरीरलाई लुक्ला पुर्याइएको विभागको फिल्ड अफिसले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्