• images

    नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा

    • chautaripatrika chautaripatrika
    • २०८२ भाद्र १, आईतवार ११:४४ गते
    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।
    आइतबार सामाजिक सञ्जालमार्फत उनले निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुने बताएका हुन् ।
    उनले हालसम्म ९३ प्रतिशत भौतिक प्रगति भएको जनाएका छन् ।
    उनले लेखेका छन्, नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ। यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुने छ।’

    प्रतिक्रिया दिनुहोस्