images
  • हेटौंडाको गाइजात्रामा भारतीयहरूको हस्तक्षेप, नेवाः गुठीलाई सतर्क रहन आग्रह

    • chautaripatrika chautaripatrika
    • २०८२ श्रावण २६, सोमबार ११:२५ गते
    images
    images
    images

    हेटौंडामा आयोजित यस वर्षको गाइजात्रा कार्यक्रममा भारतीय नागरिकहरूको सक्रियता र बीचमा घुसेर माग गरेको दृश्य देखिएपछि सामाजिक रूपमा आलोचना भएको छ । सांस्कृतिक रूपमा महत्त्वपूर्ण मानिने गाइजात्रा नेवार समुदायको परम्परा र पहिचानसँग सम्बन्धित पर्व हो ।
    प्रत्यक्षदर्शीहरूका अनुसार केही भारतीय सहभागीहरू भीडको बीचमा प्रवेश गरी अनुचित व्यवहार देखाएको पाइयो। यस घटनाप्रति असन्तुष्टि जनाउँदै स्थानीयहरूले आगामी वर्षहरूमा यस्ता दृश्यहरू दोहोरिन नदिन हेटौंडाका नेवाः गुठी सुदायलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।
    सांस्कृतिक संरक्षणकर्मीहरूले पनि यो घटनाले परम्परागत पर्वको गरिमा प्रभावित हुने चेतावनी दिँदै, परम्परा र संस्कृतिको संरक्षणमा सबै पक्षको जिम्मेवारी हुने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्