images
  • गोकर्णेश्वरमा उज्यालो नेपाल पार्टीको पार्टी प्रवेश कार्यक्रम सम्पन्न

    images

    काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. १, २ र ३ मा आज उज्यालो नेपाल पार्टीको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कुलमान घिसिङ प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभएको थियो।

    उक्त कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी सहित विभिन्न राजनीतिक दलबाट १५७ जना भन्दा बढीले पार्टी परित्याग गर्दै उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई अध्यक्ष घिसिङले स्वागत गर्नुभएको थियो।

    पार्टी प्रवेश गर्ने मध्येका नेता हर्कबहादुर तामाङले आफ्नो धारणा व्यक्त गर्दै कुलमान घिसिङप्रति विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो कि घिसिङले जनताको भावना अनुसार काम गर्ने र प्रभावकारी रूपमा सेवा प्रवाह (डेलिभरी) गर्न सक्ने क्षमता राख्नुहुन्छ।

    कार्यक्रममा बोल्दै अध्यक्ष कुलमान घिसिङले देशमा सुशासन, पारदर्शिता र जनमुखी विकासको आवश्यकता रहेको उल्लेख गर्नुभयो। उहाँले उज्यालो नेपाल पार्टी जनताको अपेक्षा पूरा गर्न प्रतिबद्ध रहेको बताउँदै नवप्रवेशीहरूलाई स्वागत गर्नुभयो।

    प्रतिक्रिया दिनुहोस्