images
  • गगनलाई सभापति बनाएर कांग्रेस बदलिसक्यौं : भीष्मराज आङ्देम्बे

    • chautaripatrika chautaripatrika
    • २०८२ चैत्र १९, बिहीबार १५:१८ गते
    images

    काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले कांग्रेस जेनजी विद्रोहले उठाएको मुद्दालाई निष्कर्षमा पुर्‍याउन प्रतिबद्ध रहेको बताएका छन्।

    प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै जिम्मेवार प्रतिपक्षको रूपमा परिवर्तनलाई साथ दिन र खबरदारी गर्न तयार रहेको बताए। परिवर्तनको स्वरलाई आत्मसाथ गरेर नै विशेष महाधिवेशनबाट विभिन्न दृष्टिकोण पारित गरेको स्मरण गरे।

    उनले अहिले विशेष महाधिवेशनबाट गगन थापालाई सभापति बनाएर बदलिएको समय र बदलिएको समाजको अनुरूपको रूपान्तरणमा प्रवेश गरेको बताए।

    प्रतिक्रिया दिनुहोस्