नेपाली काँग्रेसका सभापति गगन थापालाई करिब ३० बढी केन्द्रीय सदस्यहरूले राजीनामा नदिन आग्रह गरेका छन् ।शनिवार बिहान बालुवाटारमा थापालाई भेट्न सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’, मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रमोद गुरागाईँलगायत नेताहरू पुगेका थिए ।
सभापति थापासँग भेट्दै उक्त नेताहरूले राजीनामा नदिन आग्रह गरेको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए । उनले सभापति थापाको राजीनामा विकल्प नभएको बताए ।साथै सभापति थापालाई अहिले राजीनामा दिएर कुनै निकास ननिस्कने भन्दै नदिन आफूहरूले भनेको समेत बताए ।उनका अनुसार भेटमा पछिल्ला समसामयिक घटनाक्रम, चुनावी समीक्षालगायतको विषयमा कुराकानी भएको छ ।


Bishnu GC 
















प्रतिक्रिया दिनुहोस्