• images
    images

    सर्लाहीमा निर्वाचन प्रहरीलाई सम्मानसहित विदाई

    • Bishnu GC Bishnu GC
    • २०८२ फाल्गुन २८, बिहीबार १७:४६ गते
    images
    images
    images
    images

    प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गत माघ १८ गते नियुक्ति भई विभिन्न मतदान केन्द्र तथा निर्वाचन सम्बन्धी कार्यमा खटिएका निर्वाचन प्रहरीहरूलाई कार्यावधि सम्पन्न भएपछि आज औपचारिक रूपमा विदाई गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आयोजित उक्त विदाई कार्यक्रममा निर्वाचन अवधिभर खटिएका प्रहरीहरूले आफ्नो जिम्मेवारी निष्ठापूर्वक निर्वाह गर्दै निर्वाचनलाई शान्तिपूर्ण, व्यवस्थित र सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको थियो । कार्यक्रममा बोल्दै कार्यालय प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले निर्वाचन प्रक्रियालाई सुरक्षित र विश्वसनीय बनाउन निर्वाचन प्रहरीहरूले पुर्याएको योगदान प्रशंसनीय रहेको बताए।

    उनले निर्वाचनका क्रममा चुनौतीपूर्ण परिस्थितिमा पनि अनुशासन, जिम्मेवारी र कर्तव्यपरायणताका साथ खटिएकोमा सबै निर्वाचन प्रहरीहरूलाई धन्यवाद व्यक्त गरे । साथै आगामी दिनहरूमा पनि यस्तै समर्पण र इमान्दारिताका साथ राष्ट्र र नागरिकको सेवामा लागिरहन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरे । सो अवसरमा निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण योगदान पुर्याएको कदरस्वरूप प्रहरी उपरीक्षक खड्काद्वारा खटिएका निर्वाचन प्रहरीहरूलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्