भारतको उत्तराखण्ड अन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा आरीघोप्टे (क्लाउडबर्स्ट) वर्षापछि आएको भीषण बाढीले ४ जनाको मृत्यु भएको छ भने अन्य ५० जना बेपत्ता भएका छन् ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै राज्य विपद् टोलि, राष्ट्रिय विपद् टोलि बल र जिल्ला प्रशासन टोली राहत र उद्धार कार्यमा युद्धस्तरमा संलग्न रहेको बताएका छन्।
उत्तरकाशीको धराली गाउँतिर पहाडबाट पानीको तीव्र धारा बग्दै गर्दा धेरै घरहरू बगाएको देखिँदा भयानक दृश्यहरू देखा परेका छन्।
प्रत्यक्षदर्शीहरूले सामाजिक सञ्जालमा भिडियोहरू पोस्ट गरेका छन् जसमा मानिसहरू आतंकित भएर चिच्याइरहेको सुन्न सकिन्छ।

chautaripatrika 
















प्रतिक्रिया दिनुहोस्