• images

    अबको प्रधानमन्त्री बालेन हो, कसैलाई दायाँबायाँ बोल्ने छुट छैन : राजु पाण्डे

    • Bishnu GC Bishnu GC
    • २०८२ फाल्गुन २६, मंगलवार १७:४८ गते
    images

    काठमाडौं-३ बाट निर्वाचित सांसद् राजुनाथ पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रधानमन्त्री उम्मेदवार वरिष्ठ नेता बालेन्द्र शाह (बालेन ) नै हुनेमा कुनै शंका नरहेको बताएका छन्।

    मंगलबार राजधानीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बालेन प्रधानमन्त्री बन्ने कुरामा कुनै कन्फ्युजन (दुविधा) नरहेको बताएका थिए। ‘रास्वपाको प्रधानमन्त्रीको उम्मेदवार वरिष्ठ नेता बालेन्द्र शाह त्यसमा कुनै कन्फ्यूजन छैन। चाहिने नचाहिने भन्ने कुरा कसैलाई छुट छैन’, सञ्चारकर्मीसँग उनले भने।

    केही दिन अघि डिपी अर्यालको अभिव्यक्तिलाई लिएर गरिएको प्रश्नमा पाण्डेले भने, ‘उहाँले भनेको मलाई थाहा छैन । भनेको हो भने गैह्र जिम्मेवार कुरा हो । त्यो गैह्र जिम्मेवार कुरा गरे जनता कसैले पनि सहनेवाला छैन ।’

    सांसद पाण्डेले थपे, “हाम्रो पार्टीमा जे बोलिन्छ, त्यसै हुन्छ। कुनै पनि नेताले पार्टीको निर्णयको बाहिर दायाँबायाँ कुरा गर्ने छुट छैन। प्रधानमन्त्रीको उम्मेदवार वरिष्ठ नेता बालेन्द्र शाह नै हुन्। यसमा कन्फ्युजन हुनु हुँदैन।”

    प्रतिक्रिया दिनुहोस्