• टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिका भिड्दै

    • Bishnu GC Bishnu GC
    • २०८२ फाल्गुन २०, बुधबार १०:२३ गते
    images

    आईसीसी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकाको खेल हुँदैछ ।

    आज हुने खेल भारतको इडेन गार्डेन कोलकातामा नेपाली समय अनुसार साँझा सवा ७ बजे सुरु हुनेछ ।

    जारी विश्वकपमा न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच दोस्रो पटक खेल हुन लागेको हो । दुवै टोली दोस्रोपटक टी–२० विश्वकपको फाइनल पुग्ने लक्ष्यमा छन् ।

    दोस्रो सेमिफाइनलमा भोलि साविक विजेता भारत र इङ्ल्याण्ड भिड्ने छन । फाइनल खेल आगामी आइतबार हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्