• images

    रास्वपा नुवाकोटका नेता अशोक थापाले गरे पार्टी परित्याग

    • Bishnu GC Bishnu GC
    • २०८२ फाल्गुन ९, शनिबार १४:५० गते
    images

    राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटका नेता अशोककुमार थापाले पार्टी परित्याग गरेका छन् । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।थापाले फेसबुकमार्फत् राष्ट्रिय स्वतन्त्र पार्टी बिचार र सिद्धान्तबाट च्यूत हुँदै गइरहेको र नेतृत्व नीतिबाट नभई आशिर्बादबाट चयन हुन थालेकाले पार्टी परित्याग गरेको बताएका छन् ।

    रातदिन संगठन निर्माणमा क्रियाशीलहरुलाई पाखा लगाउन एउटा तत्का क्रियाशील रहेको र पार्टी पूर्णरुपमा अलोकतान्त्रिक हुन थालेको अवस्थामा पार्टीमा बस्नुको औचित्य नरहेको थापाले लेखेका छन् ।थापा २०७९ सालको निर्वाचनदेखि रास्वपा नुवाकोटको जिल्ला सदस्य र बिदुर नगर इन्चार्जको रुपमा क्रियाशील थिए । २०७९ सालमा नुवाकोट क्षेत्र नम्वर २ का उम्मेदवार रहेका रास्वपा नेता सुमनबिक्रम पाण्डे निकट मानिने थापाको बर्हिगमनलाई राजनीतिक रुपमा अर्थपूर्ण मानिएको छ ।

    प्रतिक्रिया दिनुहोस्