रमा एकादशी व्रतका अवसरमा काठमाडौंस्थित बुढानीलकण्ठ नारायणथान मन्दिरमा दर्शन गर्न आउने भक्तजनको उल्लेख्य भीड लागेको छ। बिहानैदेखि भगवान् नारायणको दर्शन तथा पूजाआराधना गर्न भक्तजनहरू मन्दिर परिसरमा पुगेका छन्। यस अवसरमा भक्तजनहरूले भगवान् नारायणप्रति श्रद्धा व्यक्त गर्दै लाखबत्ती बाल्ने तथा दीप प्रज्वलन गर्ने कार्यसमेत गरिरहेका छन्।