काठमाडौं । लोकप्रिय हिन्दी गीतहरूको छायांकन भएका आकर्षक लोकेसनमा छायांकन गरिएको हिन्दी म्यूजिक भिडियो ‘मेरे यारा’ सार्वजनिक भएको छ।
प्रेम, रोमान्स र सुन्दर दृश्यहरूको संयोजन रहेको यस भिडियोले दर्शकलाई गीतसँगै दिल्लीका रमणीय स्थानहरूको यात्रा गराउनेछ।
नितिन चन्दको निर्देशनमा तयार भएको उक्त म्युजिक भिडियोमा अष्ट्रेलियाका कलाकार प्रदीप तिमल्सिना र देहरादूनकी मिस उत्तराखण्ड स्मृति रावतले अभिनय गरेका छन्।
एनसीएक्स स्टुडियोज इन्टरनेसनलको निर्माणमा तयार भएको भिडियो मुम्बईस्थित एफएमडी म्युजिकले सार्वजनिक गरेको हो।
भिडियोको छायांकन दिल्लीमा गरिएको थियो भने लाइन प्रोड्युसर राजेन्द्र घिमिरेले यसको व्यवस्थापन गरेका थिए। घिमिरेले ‘तेन्जिन’, ‘इन्डियन ३’ र ‘जेलर २’ जस्ता ठूला ब्यानरका फिल्ममा समेत काम गरिसकेका छन्।
नेपाल, भारत र अष्ट्रेलियाका कलाकार तथा प्राविधिकको सहकार्यमा बनेको ‘मेरे यारा’ अहिले एफएमडी म्युजिकको युट्युब च्यानलमा उपलब्ध छ।


Salina Magar 













प्रतिक्रिया दिनुहोस्