images
  • नेपाल न्यूज बैंकका भोजपुर संवाददाता कोइराला सम्मानित 

    • Salina Magar Salina Magar
    • २०८३ कार्तिक १४, शुक्रबार १३:३२ गते
    images

     

    भोजपुर । भोजपुरका नेपाल न्यूज बैंक समाचार एजेन्सीका संवाददाता निरोज कोइरालालाई जिल्ला प्रहरी कार्यालयबाट सम्मानित भएका छन् ।

    बिगत २६ बर्षदेखि राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यममा क्रियाशील उनलाई ७१ औं प्रहरी दिवसको अवसरमा पारेर जिल्ला प्रहरी कार्यालय भोजपुरले प्रशंसापत्रले सम्मान गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खडकाले पत्रकार कोइरालालाई प्रशंसापत्र हस्तान्तरण गरेका हुन् ।

    पत्रकारितामार्फत प्रहरीका गतिविधि, कार्यक्रम तथा उपलब्धिबारे आम नागरिकलाई सुसूचित गराउन र सूचना सम्प्रेषणमा पु¥याएको योगदानको उच्च कदर गर्दै कोइरालालाई प्रशंसापत्र प्रदान गरिएको छ । कोइरालाले जिल्लाको पत्रकारिताका क्षेत्रमा रहेर सार्वजनिक सरोकारका विषयलाई प्राथमिकताका साथ उठाउँदै आएका छन् ।

    प्रहरी र सञ्चारमाध्यमबीचको सहकार्यले शान्ति सुरक्षा, जनचेतना अभिवृद्धि तथा नागरिकलाई सही सूचना प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा समेत गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्