images
  • रविले भने : कारागारमा हुँदा गरेको भाकल पूरा गर्न भारत भ्रमण

    • chautaripatrika chautaripatrika
    • २०८३ कार्तिक ७, शुक्रबार ११:३२ गते
    images
    images
    images

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारत भ्रमण व्यक्तिगत भएकाले राजनीतिसँग नजोड्न आग्रह गरेका छन्।

    भारत भ्रमणका लागि आज शुक्रबार बिहान काठमाडौँबाट कैलालीको धनगढी विमानस्थल आइपुगेका लामिछानेले व्यक्तिगत भ्रमण भएकाले कसैलाई ‘खिचडी नपकाउन’ अनुरोध गरेका हुन्।

    आफू कारागार हुँदा नै उत्तराखण्डको नैनीतालस्थित कैचीँधाम जाने भाकल गरेकोले सोही पूरा गर्न जान लागेको उनले बताए।

    ‘व्यक्तिगत भ्रमणमा छु। पहिल्यादेखि जाने भाकल पनि थियो। धार्मिक आस्था विश्वास, मेरो परिवार पनि आध्यामिक भएकाले पहिलादेखि जाउँला भन्ने थियो। म कारागारमा हुँदा नै गरेको भाकल पूरा गरौँ भन्ने हो,’ उनले भने, ‘राजनीतिक भेटघाट केही छैन। व्यक्तिगत भ्रमण भएकाले कसैलाई खिचडी नपकाउन आग्रह गर्छु।’

    भारत भ्रमणका लागि निस्केका उनी पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै त्यसतर्फ लाग्नेछन्।

    लामिछाने पत्नी निकितासहित आज बिहान काठमाडौँबाट हवाईजहाजमा धनगढी उडेका थिए। धनगढीमा अवतरणपछि लामिछाने सडकमार्ग हुँदै कञ्चनपुरतर्फ आउँदैछन्।

    सडकमार्ग हुँदै उनी गड्डाचौकी नाका भएर भारत जानेछन्। भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ।

    प्रतिक्रिया दिनुहोस्