• images
    images

    आज टोपी दिवस : नेपाली टोपी हाम्रो पहिचान’

    • chautaripatrika chautaripatrika
    • २०८२ पुष १७, बिहीबार ०८:४५ गते
    images
    images
    images
    images

    काठमाडौं : विभिन्न युवा संस्थाहरुको अगुवाइमा आज १३औँ राष्ट्रिय पोसाक एवम् टोपी दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ।

    अङ्ग्रेजी नयाँ वर्ष (जनवरी १) को अवसर पारेर ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ यो दिवस मनाउन थालिएको हो।

    नेपाली मौलिक पहिचानका रूपमा रहेका दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीको संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यले विसं २०७० देखि यो अभियान सुरु गरिएको हो।

    विगतमा राष्ट्रिय पोसाकको औपचारिक व्यवस्था हटेपछि लोप हुने अवस्थामा पुगेको मौलिक वेशभूषाको जगेर्ना गर्न युवाहरूले स्वस्फूर्त रूपमा यो दिवस मनाउन थालेका हुन्।

    विशेषगरी अङ्ग्रेजी नयाँ वर्षको प्रभाव बढ्दै जाँदा आफ्नो मौलिकता र पहिचानलाई जीवन्त राख्न जनवरी १ तारिखलाई टोपी दिवसका रूपमा छनोट गरिएको अभियन्ताहरू बताउँछन्। यो अभियानले राष्ट्रिय पोसाकको पुनर्जागरणमा महत्त्वपूर्ण टेवा पुर्याएको मानिन्छ।

    दिवसका अवसरमा आज राजधानीका माइतीघर मण्डलासहित विभिन्न स्थानमा र्याली तथा विशेष कार्यक्रमहरूको आयोजना गरिएको छ।

    साथै, देश-विदेशमा रहेका नेपालीहरूले राष्ट्रिय पोसाकमा सजिएका तस्बिरहरू सामाजिक सञ्जालमा राखेर दिवसको शुभकामना आदानप्रदान गरिरहेका छन्।

    प्रतिक्रिया दिनुहोस्