खोटाङ / खोटाङमा जेनजी पुस्ताबाट एक मात्र उम्मेदवार बनेका २६ वर्षीय किशन भुजेल नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। उनले ठूलो मतान्तरसहित विजय हासिल गर्दै सबैको ध्यान खिचेका छन्।
विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा अघि बढाएका भुजेल यसअघि नेपाल विद्यार्थी संघ (नेविसंघ) खोटाङका जिल्ला सहसचिवका रूपमा काम गरिसकेका छन्। त्यसैगरी, उनी नेपाली कांग्रेस खोटाङका जिल्ला सदस्यसमेत भएर जिम्मेवारी निर्वाह गरिसकेका छन्।
कम उमेरमै पार्टीको महत्त्वपूर्ण तहमा प्रतिनिधित्व गर्ने अवसर पाएका भुजेलको जितलाई खोटाङ कांग्रेसभित्र नयाँ पुस्ताको सहभागिता र उदयका रूपमा हेरिएको छ। जेनजी पुस्ताबाट एक्ला उम्मेदवार रहेका उनले ठूलो मतान्तरसहित जित हासिल गर्नुले पनि उनको राजनीतिक यात्रालाई थप चर्चामा ल्याएको छ।


महेन्द्र मुस्कान मगर 


















प्रतिक्रिया दिनुहोस्