images
  • झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    • Salina Magar Salina Magar
    • २०८३ आश्विन ५, सोमबार १४:४७ गते
    images
    images
    images

    काठमाडौँ । झापाका सबै स्थानीय तहमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु भएको छ।

    अभियानमा ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मीलाई खोप दिइनेछ।

    हालसम्म झापामा जापानिज इन्सेफलाइटिसका १३ जना संक्रमित र ७ जनाको मृत्यु भएको छ। अभियानका लागि झापामा ४ लाख ८५ हजार लक्षित जनसंख्या रहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ।

    मन्त्रालयले लक्षित समूहका सबैलाई नजिकको स्वास्थ्य संस्था वा तोकिएको खोप केन्द्रमा गई खोप लगाउन आग्रह गरेको छ। साथै लामखुट्टेको टोकाइबाट बच्न झुल प्रयोग गर्ने, शरीर ढाक्ने कपडा लगाउने र घरवरिपरि पानी जम्न नदिने उपाय अपनाउन अनुरोध गरेको छ।

    प्रतिक्रिया दिनुहोस्