images
  • जन्मदिनमा पत्रकार भुवन थापाले गणेश माविमा बाँडे सेनटरी प्याड, र शैक्षिक सामग्री

    • chautaripatrika chautaripatrika
    • २०८३ आश्विन २, शुक्रबार १४:३१ गते
    images

    बाँके । आफ्नो जन्मदिनमा भोजभतेर र अनावश्यक तडकभडक गर्नुभन्दा विद्यार्थीको स्वास्थ्य, शिक्षा र भविष्यमा लगानी गर्नुपर्छ भन्ने सन्देश दिँदै पत्रकार भुवन थापाले सामाजिक सेवाको उदाहरण प्रस्तुत गरेका छन्।

    राप्ती सोनारी गाउँपालिका–९, ढकेरीस्थित गणेश माध्यमिक विद्यालयमा पत्रकार थापाले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरूलाई सेनटरी प्याड, फर्स्ट एड बक्स तथा कापी–कलम लगायतका शैक्षिक सामग्री वितरण गरेका हुन्।

    आगामी असोज ३ गते पर्ने आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै उनले विद्यार्थीहरूको आवश्यकता र स्वास्थ्यलाई प्राथमिकतामा राखेका हुन्।

    जन्मदिनमा ठूलो रकम खर्च गरेर भोज गर्ने, रमझम गर्ने र देखावटी उत्सव मनाउने प्रवृत्तिभन्दा फरक ढंगले पत्रकार थापाले आफ्नो जन्मदिनलाई विद्यार्थीको हितमा समर्पित गरेका छन्।

    विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आवश्यक पर्ने सेनटरी प्याड, प्राथमिक उपचारका सामग्री तथा कापी–कलम वितरण गर्दै उनले शिक्षा र स्वास्थ्यमा सानो सहयोगले पनि सकारात्मक प्रभाव पार्न सक्ने सन्देश दिएका छन्।

    विशेषगरी छात्राहरूका लागि आवश्यक सेनटरी प्याड वितरणले विद्यालयमा स्वास्थ्य तथा महिनावारी स्वच्छताको विषयलाई समेत प्राथमिकतामा राखेको देखिन्छ।

    पत्रकार भुवन थापा पत्रकारितामार्फत समाजका समस्या, अन्याय र अत्याचारविरुद्ध आवाज उठाउँदै आएका छन्। उनले बालबालिकाको हक–अधिकार तथा शिक्षाको क्षेत्रमा समेत चासो राख्दै आएका छन्।आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्ने उनको यो पहलले जन्मदिन मनाउने शैलीबारे पनि सकारात्मक सन्देश दिएको छ।

    प्रतिक्रिया दिनुहोस्