लिउड स्टार संजय दत्त काठमाडौंमा आउँदैछन् । उनको नेपाल आगमन भने फिल्मको काम विशेषले होइन, एक क्यासिनो उद्घाटनको लागि हुन लागेको हो ।२४ पुसमा काठमाडौंस्थित होटल बाराहीले संचालनमा ल्याउन लागेको बादशाह क्यासिनो उद्घाटनको लागि दत्त नेपाली राजधानीमा आउन लागेका हुन् । ‘उहाँ क्यासिनो प्रवर्धनको लागि आउन लाग्नुभएको हो’ होटल स्रोतले भन्यो, ‘उहाँलाई विशेष अतिथिको रुपमा ल्याउन लागेका हौं ।’
अभिनेता दत्त सोही दिन भारत फर्किनेछन् । ‘उहाँको नेपालमा अरु कार्यक्रम छैन । यहीँ इन्गेज गरेर फर्किनुहुनेछ’ स्रोतले भन्यो, ‘नेपालमा उहाँका फ्यान फलोइङ पनि धेरै छन् । हाम्रो होटलका अधिकांश पाहुना पनि भारतीय पर्यटक नै हुनुहुन्छ । यसकारण, पनि संजय दत्तलाई ल्याउन लागेका हौं ।’
क्यासिनोले सामाजिक सञ्जालमार्फत यसबारे पनि जानकारी दिएको छ । नेपालमा दत्तको फ्यान फलोइङ निकै उच्च छ । यतिबेला त उनी अभिनित फिल्म ‘धुरन्धर’ पनि नेपाली हलमा चलिरहेको छ ।

chautaripatrika 

















प्रतिक्रिया दिनुहोस्