images
  • चिलिमे टनेलमा रातभर उद्धार कार्य

    • Bishnu GC Bishnu GC
    • २०८३ भाद्र २९, सोमबार १४:०४ गते
    images

    रसुवाको चिलिमे टनेल क्षेत्रमा फसेकाहरूको खोजी तथा उद्धारका लागि रातभर काम जारी राखिएको छ ।

    उद्धार टोलीले रातभरी पनि टनेल नजिक जम्मा भएको लेदो, माटो तथा भग्नावशेष हटाउने कामलाई निरन्तरता दिएको हो ।

    एक्साभेटरलगायतका उपकरण प्रयोग गरी टनेल प्रवेश गर्ने बाटो खुलाउने प्रयास भइरहेको छ । प्रतिकूल अवस्था र ठूलो मात्रामा जम्मा भएको भग्नावशेषका बीच उद्धार टोलीले रातदिन नभनी काम गरिरहेको छ ।

    रातिको समयमा पनि उद्धार टोली टनेलभित्र प्रवेश गर्ने प्रयासमा जुटिरहेको थियो ।

    प्रतिक्रिया दिनुहोस्