• images
    images

    धर्मगुरुलाई विवादित भन्नु अपराध

    • Bishnu GC Bishnu GC
    • २०८३ भाद्र २८, आईतवार १९:०२ गते
    images
    images
    images
    images

    नेपालका धर्मगुरुहरूलाई विवादित भनेर प्रचार गर्नु गलत भएको वक्ताहरूले बताएका छन् । उनीहरूले धर्मगुरु तथा सनातन धर्ममाथि अनावश्यक विवाद सिर्जना गर्ने काम रोक्न आग्रह गरेका छन् ।

    कार्यक्रमका प्रस्तोता सागर खड्काले विदेशीको पैसा लिएर नेपालका धर्मगुरुलाई विवादित बनाउने प्रयास गर्नु गलत भएको बताए ।

    अधिवक्ता बालकृष्ण न्यौपानेले धर्मगुरुलाई विवादित भनेर लेख्नु वा भन्नु अपराध भएको दाबी गरे। उनले हिन्दू धर्म संसारकै वैज्ञानिक धर्म भएको उल्लेख गर्दै धर्मगुरुविरुद्ध अनावश्यक टिप्पणी गर्नेहरू कानुनी कारबाहीको भागीदार हुन सक्ने बताए ।

    अधिवक्ता स्वागत नेपालले सबै मानिस मानव धर्मबाट अलग हुन नसक्ने भन्दै नेपालको धर्म, शास्त्र तथा परम्परामा कसैलाई प्रतिबन्ध लगाउने व्यवस्था नरहेको बताए । नेपालको भविष्य वैदिक सनातन धर्मसँग जोडिएको उनको भनाइ थियो ।

    धर्मगुरु स्वामी श्रीनिवासले आफूलाई कुन कारणले विवादित भनिएको हो र आफूले के अपराध गरेको हो भन्ने प्रश्न गरे। अदालतबाट सफाइ पाइसकेको विषयमा आफूलाई सधैं अपमानित गरिरहनुपर्ने अवस्था नरहेको उनले बताए ।

    उनले सांसदहरूलाई आफ्नो हैसियत नबिर्सन चेतावनी दिँदै राजनीति गर्नेहरू जनताप्रति जवाफदेही हुनुपर्ने बताए । ‘राजनीति गर्नेले भाग्न पाउने अवस्था रहने छैन, सुध्रनुस्,’ उनले भने ।

    स्वामी श्रीनिवासले जनताको सेवामा समर्पित भएका कारण आफूहरूले गृहमन्त्रीलाई समर्थन गरेको पनि स्पष्ट पारे। जेनजी सहिदहरूको आत्माको शान्तिको कामना गर्दै आयोजित सहिद दिवस कार्यक्रममा धर्मगुरुहरू जेनजीको अनुरोधमा सहभागी भएको उनले बताए।

    उनले धर्मगुरुहरूको योगदान खोज्नुभन्दा पनि जेनजी आन्दोलनका मृतकहरूको आत्माले शान्ति पाओस् भन्ने उद्देश्यले आफूहरू कार्यक्रममा पुगेको बताए। आफूहरूलाई सरकारले नभई जेनजी परिवारले कार्यक्रममा आमन्त्रण गरेको उनको भनाइ थियो।

    मलाई जन्म दिने आमाको कसम मलाई विवादित भनिरहे म भाषण मात्रै हैन शासनमा पनि आउने छु । स्वामी श्रीनिवासले आफूले राजालाई अभिभावकका रूपमा स्वीकार गर्ने धारणा पनि व्यक्त गरे।

    प्रतिक्रिया दिनुहोस्