images
  • हाइड्रो जेट दुबईका संचालक विष्णु पुडासैनीद्वारा अर्थमन्त्रीलाई ५१ लाख हस्तान्तरण 

    • Bishnu GC Bishnu GC
    • २०८३ भाद्र १६, मंगलवार १४:४७ गते
    images

    नेपाली उद्यमी विष्णुप्रसाद पुडासैनीले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ५१ लाख ५१ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका छन् ।

    दुबईमा व्यवसाय गरिरहेका पुडासैनी नेपाल आएर ५१ लाख ५१ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका हुन् ।

    आफ्ना बुबा गोपीप्रसाद पुडासैनीको उपस्थितिमा नेपाल आएर उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।

    देश विपत्तिमा परेका बेला विदेशमा चुप लागेर बस्न नसकेको बताउँदै पुडासैनीले आफ्नो तर्फबाट मातृभूमिका लागि सहयोग गर्न पाउनु आफ्नो सौभाग्य भएको बताए ।

    ‘विदेशमा बसे पनि मेरो मन नेपालमै छ । देश रोइरहेको बेला म त्यहाँ चुप लागेर बस्न सकिनँ। आफ्नो तर्फबाट सहयोग गर्न पाउनु मातृभूमिप्रतिको गुण तिर्ने एउटा प्रयास हो,’ उनले भने ।

    उनले विदेशमा रहेका नेपालीलाई पनि विपत्तिको समयमा आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरे ।

    ‘देशलाई समस्या परेको बेला हामी जहाँ भए पनि एकजुट हुनुपर्छ । विदेशमा रहेका नेपालीले पनि आफ्नो ठाउँबाट सक्दो सहयोग गरौँ,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस्