images
  • माइक्रो बसले ठक्कर दिँदा आमा-छोरीको मृत्यु

    • chautaripatrika chautaripatrika
    • २०८३ भाद्र ७, आईतवार १३:३१ गते
    images

    रुकुम पश्चिम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -८ एकान्तमा गाडीको ठक्करबाट आमा र छोरीको मृत्यु भएको छ ।

    शौचालय जानको लागि गाडीबाट ओर्लिएकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी २ वर्षीया छोरी शान्दिका ज्ञवालीलाई विपरीत दिशाबाट आएको भे १ ज १४८२ नम्बरको माइक्रो बसले ठक्कर दिएको हो।

    प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले लगेपनि बिहान ९:३० बजे मृत्यु भएको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्