काठमाडौं । भारतको ओडिशा तटबाट करिब २४० समुद्री माइल टाढा शनिबार पानामा झन्डा बोकेको मालवाहक जहाज डुबेको छ । जहाजमा चालक दलका २४ सदस्य सवार थिए ।
जहाजसँग सम्पर्क विच्छेद भएको जानकारी दिदै जहाज सञ्चालन गर्ने कम्पनी विजय स्टार समूह कम्पनी लिमिटेडले खोज तथा उद्धारका लागि सहयोग माग्दै उक्त सूचना दिएको थियो ।
जहाज डुबेपछि भारतीय तटरक्षक बल र भारतीय नौसेनाले संयुक्त रूपमा खोज तथा उद्धार अभियान सुरु गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । भारतीय तटरक्षक बलका अनुसार उद्धार टोलीले जीवनरक्षक डुंगाबाट दुई जनालाई सकुशल उद्धार गरेको छ ।
भारतीय प्रहरी सेवाका एक वरिष्ठ अधिकारीका अनुसार घटनास्थल आसपास रहेका अन्य जहाजलाई समेत घटनाबारे जानकारी गराउँदै उद्धार कार्यमा सहयोग गर्न आग्रह गरिएको छ । बाँकी चालक दलका सदस्यको खोजी तथा उद्धारका लागि अभियान जारी रहेको अधिकारीहरूले बताएका छन् ।



chautaripatrika 




















प्रतिक्रिया दिनुहोस्