• images
    images

    सिमरामा हत्या गरिएकी ३ वर्षीया गरिमा चौधरीका आमा-बुवा काठमाडौँमा : गृहमन्त्री सुधन गुरुङसँग गृह मन्त्रालयमा छलफल सुरु

    • Bishnu GC Bishnu GC
    • २०८३ भाद्र ६, शनिबार १९:१० गते
    images
    images
    images
    images

    बारामा हत्या गरिएकी ३ वर्षीया बालिका गरिमा चौधरीका आमा-बुवा सरकारसँग छलफलका लागि काठमाडौँ आइपुगेका छन् । गृहमन्त्री सुधन गुरुङ र कृषिमन्त्री गीता चौधरीसहितको टोलीसँग गृह मन्त्रालयमा वार्ताका लागि पीडित दम्पतीलाई लगिएको छ ।

    शनिबार अपराह्न सिमरा विमानस्थलबाट बालिकाका बुवा मनोज चौधरी र आमा मानमती चौधरी स्थानीय अभियन्ताहरूसहित काठमाडौँ अवतरण गरेका हुन । काठमाडौँ आउनुअघि मृतकका बुवा मनोजले आफ्नी अबोध छोरीको न्यायका लागि काठमाडौँ जाँदै गर्दा पनि स्थानीयस्तरमा सुरु भएको आन्दोलन र खबरदारी जारी राख्न सिमराबासीसँग अपिल गरेका थिए ।

    प्रारम्भिक अनुसन्धान र न्याय प्रक्रियालाई लिएर असन्तुष्टि जनाउँदै सिमरा र काठमाडौँमा प्रदर्शन चर्किएपछि सरकारले पीडित परिवारलाई प्रत्यक्ष भेटेर छलफल गर्न काठमाडौँ बोलाएको हो । गृहमन्त्री गुरुङले घटनाको गम्भीरता र छानबिनको प्रगतिबारे परिवारलाई जानकारी गराउँदै सरकारको धारणा स्पष्ट पार्ने तयारी गरेका छन ।

     

    प्रतिक्रिया दिनुहोस्